ट्रम्पको चेतावनी :इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ

  • काठमाडौं,२४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समाप्त गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो शैलीमा ट्रुथ सोसलमा लेखेका छन्– आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ । हर्मुज जलसन्धि खोल्नका लागि दिइएको समयसीमा आज राति सकिँदै गर्दा ट्रम्पको यो धम्की आएको हो । ट्रम्पले इरानमाथि निरन्तर स्थलगत कारबाहीको धम्की दिइरहेका छन् । यता, इरानले पनि आफ्नो धैर्यता अब समाप्त भइसकेको र अमेरिकाका साथै उसका सहयोगी राष्ट्रहरूलाई पनि निशाना बनाउने चेतावनी दिएको छ ।
    यसअघि ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा हर्मुज जलसन्धि खुलाउन चेतावनी दिँदै इरानका ऊर्जा प्लान्टहरू र पुलहरू ध्वस्त पार्ने कुरा दोहोर्‍याएका थिए । उनले इरानलाई एकै रातमा समाप्त गर्न सकिन्छु भनेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation