काठमाडौँ ,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सभामुख पदका लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबारको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित भएको छ ।












