काठमाडौँ ,१३ चैत। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदस्थापन लगत्तै कर्मचारी नेतृत्वलाई नागरिक केन्द्रित सेवा, सुशासन र कार्यक्षमतामा केन्द्रित हुन स्पष्ट निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री तथा मुख्यसचिव-सचिवहरूसँगको छोटो भेटमा प्रधानमन्त्री शाहले प्रशासनिक संयन्त्रले सरकारको नीति र स्प्रिटअनुसार काम गर्नुपर्नेमा जोड दिएका हुन् ।जसरी हामीले सरकार गठन गरेका छौं । हामी जसरी अघि बढ्न खोजेका छौं, त्यो अनुसारको स्पिरिट तपाईंहरूले पनि समात्नुपर्छ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै एक जना सचिवले भने, ‘नियम कानुन परिवर्तन गर्नुपर्ने लगायतका कुराहरूमा कुनै बाहना नगरेर नियम कानुन जे गर्नुपर्ने हो हामी त्यो ल्याउन सक्छौं । कुनै पनि बाहना नगरेर काम गर्नुहोला ।’उनले कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न पनि कर्मचारीहरूलाई स्पष्ट रुपमा भनेका छन् । ‘कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन,’ बालेनले भनेका छन् ।कार्यसम्पादनमा कमजोरी देखिए पदमा बसिरहनु उपयुक्त नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले “यो काम गर्न सक्दैन जस्तो लाग्छ भने राजीनामा दिनुस्, अरूले काम गर्नुहुन्छ” भन्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको छोटो, स्पष्ट र कडा निर्देशनले नयाँ सरकार प्रशासनिक सक्रियता, जन उत्तरदायित्व र नागरिकमुखी सेवा प्रवाहमा केन्द्रित हुने संकेत गरेको भन्दै कामकाजी कर्मचारीहरूमा उत्साह ल्याएको छ भने कामचोर प्रवृत्तिका कर्मचारीहरूमा उथलपुथल ल्याएको छ ।












