अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध अन्त्य गर्न अमेरिकी र इजरायली माग तथा प्रस्तावहरू समावेश गरिएको १५(बुँदे योजना जारी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो योजना पाकिस्तानमार्फत इरानमा पुर्याइएको छ, जसले यसै साता शान्ति वार्ताको आयोजना गर्न आफू तयार रहेको बताएको छ।
ट्रम्पले यसै साता वासिङ्टन र तेहरानबिच युद्ध अन्त्य गर्ने उद्देश्यले ‘धेरै राम्रो र फलदायी कुराकानी’ भएको बताएका छन्। यद्यपि, इरानले अमेरिकासँग वार्ता भइरहेको कुरालाई लगातार अस्वीकार गर्दै आएको छ। ट्रम्पको दावीको जवाफमा इरानी नेताहरूले अमेरिका ‘आफैँसँग वार्ता गरिरहेको’ बताएका छन्।युद्धविरामका लागि अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टीहरूस फर्दो, नतान्ज र इस्फहान बन्द गर्ने, समृद्ध गरिएका युरेनियम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए०लाई बुझाउने लगायत उल्लेख छ।
त्यस्तै इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, हर्मुज समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने लगायतका सर्त रहेको अमेरिकी पत्रिका फरेन पोलिसीले जनाएको छ।
इरानले इसराइलमाथि घेराबन्दी गर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी, प्यालेस्टाइनमा हमासलाई पैसा र हतियार दिँदै आएको छ।
अमेरिकाले यो कार्य पनि पूर्ण रूपमा बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
अमेरिकी प्रस्ताव स्वीकार गरेको खण्डमा अमेरिकाले इरानमाथिको सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, नागरिक परमाणु ऊर्जा सम्बन्धी कार्यक्रमलाई सहयोग र सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय रूपमा निगरानी राखिने भनेर फरेन पोलिसीले लेखेको छ।
अमेरिकाले भने यो इरानलाई पठाएको प्रस्ताव सार्वजनिक गरेको छैन।
यसमा उल्लेखित केही प्रमुख कुराहरू यस प्रकार छन्स्
३० दिने युद्धविराम।
नतान्ज, इस्फाहान र फोर्डोमा रहेका इरानका आणविक सुविधाहरू नष्ट गर्ने।
इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने स्थायी प्रतिबद्धता जनाउनुपर्ने।
इरानले आफूसँग भएको संवर्धित युरेनियमको भण्डार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए० लाई हस्तान्तरण गर्ने, र देशको बाँकी आणविक पूर्वाधारका सबै तत्वहरूको अनुगमन गर्न आईएईएलाई अनुमति दिने प्रतिबद्धता। इरानले अब देशभित्र युरेनियम संवर्द्धन गर्न पाउने छैन।
इरानका क्षेप्यास्त्रहरूको दायरा र सङ्ख्यामा सीमा तोक्ने।
क्षेत्रीय विद्रोहीरप्रोक्सी समूहहरूलाई इरानले दिने समर्थन अन्त्य गर्ने।
क्षेत्रीय ऊर्जा सुविधाहरूमा इरानी आक्रमण रोक्ने।
स्ट्रेट अफ होर्मुज पुनस् खुला गर्ने।
इरानमाथि लगाइएका सबै प्रतिबन्धहरू हटाउने, साथै प्रतिबन्धहरू पुनस् लगाउन अनुमति दिने संयुक्त राष्ट्रसङ्घीय संयन्त्रको अन्त्य गर्ने।
इरानको बुशेहर नागरिक आणविक प्लान्टमा विद्युत् उत्पादनको लागि अमेरिकी सहयोग उपलब्ध गराउने।












