जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन चैत १३ भित्र सार्वजनिक नगरिए शीतलनिवास घेर्ने

  • काठमाडौँ ,१० चैत । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै मुभमेन्टले चैत १३ गतेभित्र प्रतिवेदन सार्वजनिक नगरिए राष्ट्रपति निवास ९शीतलनिवास० घेराउ गर्ने चेतावनी दिएको हो। संस्थाका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,उक्त प्रतिवेदनले देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिँदै आएको अवस्थामा यसलाई लुकाएर राख्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत प्रेस वक्तव्य भनियको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation