काठमाडौँ,१० चैत। संघीय संसदमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूमध्ये ४७ जनाले नेपालीबाहेकका भाषामा शपथ ग्रहण गर्ने इच्छासहित नाम दर्ता गराएका छन्। संघीय संसद् सचिवालयका अनुसार हालै सम्पन्न निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ आगामी चैत १२ गतेका लागि तय गरिएको छ। दर्ता सूचीअनुसार विभिन्न भाषामा शपथ लिने तयारी गरिएको छ, जसमा संस्कृत, मैथिली, राना थारू, थारू र नेपाल भाषा लगायतका भाषाहरू समावेश छन्। इतिहासमा पनि नेपालीबाहेकका भाषामा शपथ लिने अभ्यास रहँदै आएको छ।













