गगन थापाको राजीनामा किन अस्वीकृत ,हुन् आठ आधार

  • काठमाडौँ,८ चैत । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएको छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
    प्रस्ताव अस्वीकार गर्नका लागि पार्टीले ८ वटा आधार लिएको पनि प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
    बैठकले निम्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ:
    -निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
    -वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
    -राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
    -राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
    -सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
    -विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम ९ कांग्रेस २।०० कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
    -पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
    -केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation