नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत

  •  

    बुटवल । विभागीय नीति तथा निर्देशनलाई आत्मसात् गर्दै सम्पन्न भएको आम निर्वाचनमा महत्त्वपूर्ण तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन्।

    नेपाल प्रहरीका प्रमुख आइजिपी दान बहादुर कार्की ले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मरासिनीलाई नगद रु. २ हजार ४०० सहित सम्मान गरेका हुन्।
    नेपाल प्रहरीभित्र एक सफल र काबिल अधिकृतको रूपमा परिचित मरासिनी उच्च मनोबलका साथ फिल्डमा खटिने वरिष्ठ अधिकृतका रूपमा चिनिन्छन्। उनले समाजमा हुने विभिन्न आपराधिक घटनाहरूको सूक्ष्म अध्ययन तथा सफल अनुसन्धानमार्फत आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्।
    यसअघि पनि उत्कृष्ट कार्यसम्पादनकै आधारमा नेपाल प्रहरीका पूर्व आइजिपी दीपक थापा द्वारा समेत नगदसहित पुरस्कृत भएका थिए।
    निर्वाचनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आइजिपी कार्कीले एसएसपी मरासिनी सहित एआईजीदेखि जवानसम्म ६९ जना प्रहरी कर्मचारीलाई सम्मान गरेका हुन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation