महिन्द्रा बोलेरो म्याक्स पिक-अप’सार्वजनिक

  • काठमाडौं,६ चैत । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ ।
    नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले बिहीबार एक विशेष समारोहबीच यो नयाँ पिक-अप सार्वजनिक गरेको हो ।
    नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको यो पिक-अपले व्यावसायिक गाडीको क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने अग्नि ग्रुपले जनाएको छ । काठमाडौंसँगै वीरगञ्ज, बुटवल र जनकपुरमा पनि यो गाडी सार्वजनिक गरिएको छ । भैरहवा, चितवन, पोखरा, विराटनगर लगायतका मुख्य व्यापारिक सहरमा चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
    नयाँ बोलेरो म्याक्स पिक-अप दुईवटा हेभी-ड्युटी भेरियन्टहरूमा उपलब्ध हुनेछ:
    १. Bolero MaXX Pik-Up HD 1.7 LX: यसको सुरुवाती मूल्य रू. २९,९५,००० तोकिएको छ ।
    २. Bolero MaXX Pik-Up HD 2.0L SXi: यसको सुरुवाती मूल्य रू. ३२,९५,००० बाट सुरु हुन्छ ।
    नयाँ प्लेटफर्ममा निर्माण गरिएको भए तापनि बोलेरो म्याक्सले बोलेरोको सिग्नेचर मजबुती, कम मर्मत खर्च र उच्च रिसेल भ्यालुलाई कायम राखेको जनाइएको छ । यसमा महिन्द्राको शक्तिशाली एमटुडीआई (m2Di) इन्जिन रहेको छ, जुन डिजेल र सीएनजी दुवै विकल्पमा उपलब्ध छ ।
    फराकिलो ह्विल ट्र्याक, मजबुत च्यासिस र उच्च गुणस्तरको (7R16/7R15) टायरले लोडको समयमा पनि गाडीलाई स्थिरता र सुरक्षा प्रदान गर्ने कम्पनीका अधिकारीले बताएका छन् ।
    महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोल्करले भने, ‘बोलेरो म्याक्स पिक-अपले कार्यकुशलता र कम सञ्चालन खर्चका कारण चालक तथा व्यवसायीहरूका बीच लोकप्रियता कमाउनेछ । यो पिक-अप नेपालको बढ्दो लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त छ ।’
    त्यस्तै, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपालको भौगोलिक विविधता भएका सडकहरूका लागि यो पिक-अप झनै उपयोगी हुने बताए ।
    उनले भने, ‘यसको मजबुती र बहुआयामिक क्षमताले नेपालको साना कमर्सियल गाडी (SCV) सेगमेन्टमा नयाँ आयाम थप्नेछ ।’
    नेपालभरका अग्नि ग्रुपका डिलरसिपमार्फत यी गाडीहरू बिक्रीका लागि उपलब्ध हुनेछन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation