खोटाङ जिल्लामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

  • खोटा,४ चैत ।खोटाङ जिल्लामा एयर डाइनेस्टीको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा नियन्त्रण गुम्दा हेलिकोप्टर दुर्घटनामा परेको हो।
    बिरामी बोकेर गइरहेको उक्त हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको एयर डाइनेस्टीले जनाएको छ। हेलिकोप्टरमा चालकसहित पाँच जना यात्रु सवार रहेका थिए। एक जना यात्रु घाइते भएका छन् भने अन्य सबै सकुशल रहेका छन्। घाइतेको खुट्टा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छन।
    घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। हेलिकोप्टरमा सामान्य क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation