प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद

  • काठमाडौँ,३ चैत। प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग पुर्‍याएको भन्दै नेकपा एमाले नेतृत्वप्रति आभार व्यक्त गरेकी छन्।
    प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापनका लागि एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा आमन्त्रण गरेकी थिइन्। उक्त भेटमा एमालेका नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी भएका थिए।
    भेटका क्रममा प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा लोकतान्त्रिक माध्यममार्फत समाधान खोज्ने प्रमुख उपाय निर्वाचन नै भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन एमालेले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्। राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै निर्वाचनमा सक्रिय सहभागिता जनाएको भन्दै उनले धन्यवाद व्यक्त गरिन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation