काठमाडौँ,१ चैत । नेपाली कांग्रेसका सभापति गगन थापासहित पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।बैठक स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिका रहेर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
साथै, चुनावी परिणामबाट विचलित नभइ अघि बढ्न पनि प्रधानमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई आग्रह गरिन् ।












