कारबाहीमा परेका राप्रपाका उपाध्यक्ष र केन्द्रीय सदस्यले भने-यो विधानसम्मत छैन

  • काठमाडौं,३० फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही गरेका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूमाथि भएको कारबाही विधान सम्मत नभएको दाबी गरेका छन् । प्राकृतिक न्यायको सिद्धान्तविपरीत स्पष्टीकरणको मौकासमेत नदिई कारबाही गरिएको भन्दै उनीहरूले अध्यक्षको कदमप्रति दुःख र खेद प्रकट गरेका हुन्।एक संयुक्त विज्ञप्ति जारी गर्दै नेताद्वयले आफूहरूलाई पदमुक्त गरिएको जानकारी अनलाइन माध्यमबाट मात्र थाहा पाएको बताएका छन्। केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अधिकारक्षेत्र मिचेर यस किसिमले पदमुक्त गर्ने अधिकार पार्टीको विधानले अध्यक्षलाई दिएको छैन, विज्ञप्तिमा भनिएको छ। उनीहरूले पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर कारबाही गरिएको हो भन्दै अध्यक्षलाई सार्वजनिक जवाफ दिन चुनौतीसमेत दिएका छन्। आफूहरूलाई कारबाही गरिएको विषयमा केन्द्रीय कार्यसमिति स्वयं बेखबर रहेको उनीहरूको दाबी छ।
    प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको लज्जास्पद हारको जिम्मेवारीबाट पन्छिन नेतृत्वले आफूहरूलाई बलिको बोको बनाएको नेताद्वयको आरोप छ। अध्यक्षको एकल अधिनायकत्वमा सम्पन्न निर्वाचनमा १६४ मध्ये १५९ वटा निर्वाचन क्षेत्र अर्थात् ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भयो, विज्ञप्तिमा उल्लेख छ, यो शर्मनाक असफलताको पूर्ण जिम्मेवारी नेतृत्वले हामी दुईमाथि मात्र थोपरेर ध्यान अन्यत्र मोड्दैमा हारको तथ्याङ्क परिवर्तन हुँदैन र मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुन सक्दैन। यो शर्मनाक असफलताको पूर्ण जिम्मेवारी नेतृत्वले हामी दुईमाथि मात्र थोपरेर ध्यान अन्यत्र मोड्दैमा लज्जास्पद हारको नतिजा र तथ्याङ्क परिवर्तन हुने होइन,’ उनीहरूले भनेका छन्, ‘हामीलाई कारबाही गर्दैमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुने पनि होइन ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation