काठमाडौँ,२९ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहबीच समानुपातिक सांसदको चयन प्रक्रिया र नयाँ सरकार गठनको विषयमा छलफल भएको छ। छलफल शुक्रबार हात्तीगाउँस्थित लामिछानेको निवासमा भएको हो । सभापति लामिछानेलाई उच्च ज्वरोका कारण घरमै आराम गर्दै बैठकमा भाग लिएको सचिवालयले जानकारी दिएको छ।गत साता सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले कुल २७५ सिटमध्ये १८२ सिट जितेको थियो।












