वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने

  • भैरहवा,१६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन् ।
    शनिवार भैरहवामा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा। थापाले कौमे आदको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति कडा प्रहार गरे। उनले जहाँ शक्ति हुन्छ त्यहाँ घमण्ड पलाउने र घमण्डले सत्यको मजाक उडाउने बताउँदै इतिहासको त्यो कथा आजका शासकहरूका लागि एउटा चेतावनी भएको उल्लेख गरे ।
    नेपालको राजनीतिमा सत्ता लामो समय हात पारेपछि आफूलाई अपरिहार्य ठान्ने र जनताको आवाजलाई कमजोर ठान्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    परिवर्तन सधैँ चर्को नाराबाट मात्र नभई कहिलेकाहीँ चिसो हावा जस्तै शान्त तर आँधी जस्तै निर्णायक भएर आउने उनको तर्क थियो । इतिहासमा घमण्डको आयु छोटो हुने तर जनताको विवेक सधैँ भारी हुने कुरामा जोड दिँदै उनले अबको निर्वाचनमा जनताले न्याय दिने विश्वास व्यक्त गरे।

    शनिवार जनता समाजवादी पार्टीको बिद्यार्थी संगठनका केन्द्रीय सह महासचिव उमेश अग्रहरीको नेतृत्वमा १ सय २५ जना जेन जी युवा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा समानुपातिक उम्मेद्वार ज्ञानु पौडेल, पुनम अग्रवाल, अमृता बिक, श्रद्धा कुवर लगायतले मन्तव्य राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation