काठमाडौँ,१४ फागुन। चुनाव बिथोल्ने गतिविधि गरेका आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ समूहका एस।पी शाह (सुनिल प्रसाद शाह) रिहा भएका छन् ।उनीहरू दुवै जना फागुन ५ मा पक्राउ परेका थिए । धर्मेन्द्र बास्तोलालाई सर्वोच्च अदालत र एस।पी शाहलाई उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश गरेको हो । अदालतको आदेशले उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।












