टी-२० विश्वकप : अन्तिम खेल जित्न स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

  • काठमाडौँ,५ फागुन । आइसीसी टी-२० विश्वकपमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।स्कटल्यान्डका लागि ओपनिङ ब्याटर माइकल जोन्सले अर्धशतक प्रहार गर्न सफल भए।
    स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरूवात गर्‍यो। पहिलो विकेटको साझेदारी ‍नेपालका कप्तान रोहितकुमार पौडेलले तोडे। रोहितले दशौं ‌ओभरको अन्तिम बलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई २७ रनमा आउट गरे। रिभर्स स्विप गरेका मन्सेलाई रोहितले लङ अनमा सन्दीप जोराबाट क्याच गराए। उनले २९ बलमा चार चौका प्रहार गरे।१० ओभरको खेल सकिँदा स्कटल्यान्डले १ विकेटको क्षतिमा ८० रन बनाएको थियो। ११।६ ओभरमा स्कटल्यान्डले १०० रन पूरा गर्‍यो।
    १३।१ ओभरमा सन्दीप जोराले ब्रान्डन म्याकमुलेनको क्याच छुटाए। ब्रान्डनले १६ रन बनाउँदा जीवनदान पाए। स्कटल्यान्डले दोस्रो विकेट ओपनर मिचेल जोन्सको गयो। १६ रनमा जीवनदान पाएका ब्रान्डन २५ रनमा १५।४ ओभरमा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड भए। १६ औं ओभरमा स्कटल्यान्डले २ जमेका ब्याटरको विकेट गुमायो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation