सडकमा वृद्ध कुट्ने व्यक्ति पक्राउ

  • काठमाडौँ,५ फागुन। सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
    पारस बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानबिन अघि बढाएको थियो । सोही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएको जिल्ल प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनराज भट्टराईले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation