बुढासुब्बा गोल्डकप उपाधि प्लानिङ ब्वाइजलाई

  • सुनसरी,२ फागुन । ३६ औ सस्करणबुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ ।
    फाइनल खेलमा उपाधि लागि प्लानिङ ब्याइजका प्रतापसिंह राईले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक भएको थियो ।प्रतिस्पर्धापूर्ण खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई १–० गोलले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । चर्च ब्वाइज २५ औँ संस्करणको उपविजेता टोली थियो ।
    उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चर्च ब्याइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।खेलको म्यान अफ द म्याच प्लानिङका प्रताप सिंह राई घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
    प्रताप सिंह राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्कुटर हात पारे ।अन्य व्यक्तिगत विधातर्फ पनि प्लानिङ ब्याइजले वर्चस्व कायम गरेको छ । हाई स्कोर प्लानिङका प्रताप सिंह राई, झापा ११ का खेलाडीद्व्रय राजेश दाहाल, एरोन थापामगर घोषित भए । उनीहरूले दुइदुइ गोल गरेका थिए । उनीहरूलाई दामसाही १२र१२ हजार प्रदान गरिएको थियो ।
    प्रतियोगिताको वेस्ट गोल किपर प्लानिङका योगेश धिमाल, वेस्ट डिफेन्डर प्लानिङका निनुङमा घिसिङ, वेस्ट मीड फिल्डर चर्च ब्याईजका रोहन कार्की, वेस्ट स्ट्राइकर चर्च ब्याईजका अव्यमी फकिनले, वेस्ट कोच प्लानिङका सञ्जीत सिंह, हाईस्कोरर प्रताप सिंह राई घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation