विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड

  • परासी,२७ माघ । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्। २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणा पत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था सहित विवरण सार्वजनिक गरेका हुन् ।
    जेन जेड आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई आगामी २१ फागुनमा तय आमनिर्वाचनका सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताको सार्वजनिक मूल्यांकन जनतामाझ राखेका हुन् ।रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन्।चौधरीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपि उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ ।उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन्।

    पुर्णपाठ

    MP Binod Chaudhary Pratibadata Patra Final Print 2026

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation