नेपाली कांग्रेस रुपन्देही निर्बाचन क्षेत्र नं ३ प्रसार प्रसार समीतीको वडा नं १५ को प्रचारप्रसार कार्यालय उदघाटन

  • बुटवल,२४ माघ ।नेपाली काङ्ग्रेस क्षेत्र नं। ३ प्रदेश ‘ख’ अन्तर्गत बुटवल वार्ड नं। १५ सेम्लारमा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुशील गुरुङले एक कार्यक्रमका बीच उक्त कार्यालय उद्घाटन गर्नुभएको हो।
    उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण र जनताको अपेक्षा पूरा गर्न नेपाली काङ्ग्रेस प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनताको साथ, सहयोग र विश्वासकै आधारमा निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रममा नेपाली काङ्ग्रेसका समानुपातिक उम्मेदवार रिता सेन,जिल्ला प्रतिनिधि क्षेत्रीय तथा स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले निर्वाचन प्रचार–प्रसार कार्यालय स्थापना भएसँगै चुनावी गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यालयमार्फत मतदाता भेटघाट, चुनावी अभियान सञ्चालन तथा जनसम्पर्कलाई थप सशक्त बनाइने नेपाली काङ्ग्रेस बुटवलका १५ का सभापती शेषनारायण उपाध्यायले बताएउनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation