बुटवल,२२ माघ । क्षितज कलेज बुटवलको आयोजनामा‘क्षितिज कप २०२६’ भएको छ । न्यु होराईजन कलेजमा आयोजना गरिएको प्रतियोगीता क्षितिज स्टुण्डेन्ट काउन्सीलको आयोजनामा भएको हो । फाइनल खेलमा लुम्बिनी वाणिज्य क्याम्पस र मणिमुकुन्द कलेज बीच कडा प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलपछि मणिमुकुन्द कलेज विजेता बन्न सफल भयो भने लुम्बिनी वाणिज्य क्याम्पस उप–विजेता घोषित भयो।
विजेता टिमलाई रु. १५,००० नगद पुरस्कार तथा उप–विजेता टिमलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिएको थियो। साथै दुवै टिमलाई सम्मान समेत गरिएको थियो। प्रतियोगीता समुद्घाटन कार्यक्रममा काउन्सीलका अध्यक्ष समिक्षा पाण्डे, क्षितिज ईन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, प्रिन्सीपल डा. सुर्य बहादुर राना लगायतलेको आतिथ्यता रहेको थियो । कार्यक्रम सफल बनाउन आयोजक टोली, स्वयंसेवक, खेलाडी, समर्थक तथा कलेज प्रशासनको विशेष योगदान रहेको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । प्रतियोगिताले विद्यार्थीहरूबीच मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजक समितिले जनाएको छ ।












