काठमाडौं,२० माघ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ । कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा आइतबारबाट उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
सुन्धाराको जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित सो भवनमा सरेपछि उक्त लिफ्ट बनाइएको थियो।बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए। महानगरको कार्यालयको पार्किङ एरियामा रहेको उक्त लिफ्टको छेउछाउ पनि कोही पुग्न पाउँदैन थिए।












