युएईले २६७ नेपाली कैदीलाई दियो आममाफी

  • काठमाडौँ,१८ माघ। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २७६ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।
    विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार पटक-पटक अनुरोध गरेपछि युएई सरकारले उक्त निर्णय गरेको हो ।आममाफी पाएका नेपाली नागरिकका विरुद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको खण्डमा युएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ । युएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितका विषयमा नेपाल सरकारले कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation