आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुदै

  • काठमाडौं,१६ माघ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ।
    नेपाल क्रिकेट संघ ९क्यान० ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ ।
    सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation