सिराहामा गोली प्रहार गरी पुरूषको हत्या,थप विवरण आउन बाँकी

  • सिराहा,१६ माघ। सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। गोली प्रहार गरी हत्या भएको मधेस प्रदेश प्रहरी कार्यलयका एसपी कमल थापाले जानकारी दिए।
    घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली खटिएको थियो। उक्त टोलीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम गरिरहेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation