पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

  • तानसेन,१५ माघ। । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।
    पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ मतदाता छन् । कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक छ हजार ११० जना मतदाता थपिएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation