साई ग्लोबल एकेडेमी मिनी म्याराथन उपाधी श्रेष्ठ र थापालाई

  • भैरहवा ,१४ माघ– भैरहवामा रहेकोसाई ग्लोबल एकेडेमीको आयोजनामा साई ग्लोबल मिनी म्याराथन प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा छात्रा तर्फ प्रथमः सुम्निमा श्रेष्ठ, द्वितीयः आरोही अधिकारी र तृतीयः लक्ष्मी गडेरिया भएका छन् । भने छात्र तर्फ प्रथमः विशाल थापा, द्वितीयः मनोज गुरुङ र तृतीयः अभिषेक सुनार भएका हुन । कार्यक्रम साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेशमान अमात्य, रुपन्देही जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटा ले पुरस्कार प्रदान गरेका थिए ।
    कार्यक्रममा मानकामना इङ्ग्लिस बोर्डिङ स्कुलका प्राचार्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक जीवन बस्नेत , क्रिकेट एसोसिएसन रुपन्देहीका अध्यक्ष तथा साई ग्लोबल एकेडेमीका पूर्व अध्यक्ष हरि थापाको समेत विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोती पौडेल,, साई ग्लोबल एकेडेमीका प्राचार्य लक्ष्मण ज्ञवालीको समेत आतिथ्यता रहेको थियो । विद्यालयका अध्यक्ष निदेशमान अमात्यले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक विकास, अनुशासन तथा नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त राखे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation