दृष्टिविहीन विद्यार्थीप्रति रोटार्याक्ट बुटवल साउथको प्रतिबद्धता

  • बुटवल ,१३ माघ । २०२६ जनवरी २६ मा रोटार्याक्ट क्लब अफ बुटवल साउथले सियारी गाउँपालिका–०५ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा “खाद्यान्न तथा आवश्यक सामग्री वितरण कार्यक्रम (फेज–VIII)” सफलतापूर्वक सम्पन्न गरेको छ।

    उक्त कार्यक्रम क्लबका अध्यक्ष रो. इपल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सियारी गाउँपालिकाका अध्यक्ष श्री थानेश्वर घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रमका विशेष अतिथिमा वडा नं. ५ का अध्यक्ष श्री धनपति खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गोपाल ज्ञवाली, विद्यालय प्रधानाध्यापिका श्रीमती कमला भट्टराई, शिक्षिका श्रीमती जानकी तिवारी तथा दृष्टिविहीन विद्यार्थीका स्रोत शिक्षक श्री लोकनाथ सापकोटाको गरिमामय उपस्थिति रहेको थियो। साथै क्लबका Immediate Past President (IPP) रो. सुदिप पौडेलको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई खाद्यान्न तथा दैनिक प्रयोगका आवश्यक सामग्रीहरू वितरण गरिएको थियो, जसले उनीहरूको दैनिकीमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

    उक्त कार्यक्रम क्लबका उपाध्यक्ष रो. रोशन पौडेलको जन्मदिनको अवसरमा आयोजना गरिएको हो। उहाँले विगत आठ वर्षदेखि निरन्तर रूपमा यस किसिमको सामाजिक कार्य गर्दै आउनु भएको छ र यस कार्यक्रमको समन्वयकको भूमिका पनि निर्वाह गर्नुभएको थियो। साथै सोही दिन कार्यक्रमका विशेष अतिथि श्री धनपति खरेलको जन्मदिन पनि खुसीपूर्वक मनाइएको थियो।

    कार्यक्रमको सञ्चालन रोटार्याक्ट क्लब अफ बुटवल साउथका सचिव रो. शंकर काफ्लेले गर्नुभएको थियो। समापन सत्रमा IPP रो. सुदिप पौडेलले दृष्टिविहीन विद्यार्थीहरूका लागि गरिएको उदार सहयोगप्रति रो. रोशन पौडेललाई धन्यवाद व्यक्त गर्दै उहाँको जन्मदिन तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले सियारी गाउँपालिका र रोटार्याक्ट क्लब अफ बुटवल साउथबीच महिनावारी स्वच्छता, छात्रा शौचालय निर्माण, स्वास्थ्य शिविर, स्टेशनरी सामग्री तथा विद्यालय झोला वितरण जस्ता विभिन्न सामाजिक परियोजनामा सहकार्य हुँदै आएको उल्लेख गर्नुभयो।

    कार्यक्रमको समापन क्लब अध्यक्ष रो. इपल भण्डारीद्वारा सबै सहभागी, अतिथि तथा क्लब सदस्यहरूलाई उनीहरूको बहुमूल्य समय र सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै गरिएको थियो। कार्यक्रममा कुल ३५ जना सहभागी रहेका थिए, जसमा रोटार्याक्ट क्लब अफ बुटवल साउथका १४ जना सदस्यहरूको उपस्थिति रहेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation