राष्ट्रिय झण्डाको दुरुपयोग गरे कानुनबमोजिम कारबाही गर्नू गृह मन्त्रालय

  • काठमाडौँ,११ माघ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै झण्डा प्रयोगसम्बन्धी कार्यविधि र कानुनको पालना गर्न सबैलाई अनुरोध गरेका हुन् ।
    मन्त्रालयले ’राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ लगायत निर्वाचन आचारसंहिता, २०७२ र मुलुकी अपराध संहिता, २०७४ मा राष्ट्रिय झण्डाको प्रयोगका नियम र निषेधबारे स्पष्ट प्रावधान रहेको जनाएको छ । झण्डालाई उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, व्यापारिक प्रयोजनमा प्रयोग गर्ने, शरीरको कम्मरमुनि वा छातीमुनि लगाउने, वा भित्री कपडामा प्रतीक राख्ने जस्ता कार्यहरू पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।यी प्रावधानको उल्लङ्घन गरे कारबाही र सजायको व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यस कार्यविधिबमोजिम राष्ट्रिय झन्डाको प्रयोग भएरनभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने प्रावधान छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation