युवा उद्यमी मञ्च रुपन्देहीको पाँचौं उद्यमी सम्मेलन

  • एआई लाई कसरी उद्यमशिलता बिकासका लागि प्रयोग गर्न बिषयमा वृहत छलफल

    बुटवल,१० माघ । नेपाली युवा उद्यमी मंच रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौं पटक युवा उद्यमी सम्मेलन बुटवलमा भएको छ । देशका विभिन्न चर्चित युवा उद्यमीहरुको सहभागीतमा बुटवलमा सम्मेलन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालीकाका नगर प्रमुख खेलराज पाण्डेले मेरो अशा र भरोसा युवा उद्यमी रहेको भन्दै उद्यमी सफल बन्नको लागि जनतासंग जोडीएको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
    नगर प्रमुख पाण्डेले युवा उद्यमीहरुको खाँचो दिन प्रतिदिन बढ्दैगएको भन्दै सोही अनुसारको जनतासंग सम्बन्धीत उद्यममा युवाहरुको लगानी हुनुपर्ने बताउनुभयो ।
    युवा उद्यमशीलता विकास गर्न, नयाँ उद्यमीहरुको खोजी तथा मुलुक भित्र पर्याप्त अवसर, सम्भावनाको खोजी गरी आम युवाहरुलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित रहेको थियो । उद्यमशीलताका विभिन्न विषयमा युवाहरूसँग सम्बन्धित सरोकारवाला निकाय, उद्यमशीलता प्रोत्साहन र निर्माणमा लागेका अभियानहरुलाई समेट्दै यो सम्मेलनले युवा उद्यमशीलतालाई अझै प्रवद्र्धन, विकास र विस्तार गर्ने विषयकम केन्द्रीत रहेको युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष आर्दश श्रेष्ठले बताउनुभयो ।
    कार्यक्रममा बोल्दै युवा उद्यमी नेपालका संस्थापक बालकृष्ण जोशीले युवा शक्तिहरुको समुह नै अहिलेको देशको मेरुदण्ड रहेको भन्दै उहाँले यसको लागि सानो छरिएको पुँजीलाई एकिकृत गरी लगानी गर्न आग्रह गर्नुभएको थियो ।
    युवा उद्यमी मञ्च केन्द्रीय अध्यक्ष सुदिप घिमिरेले एआई लाई कसरी उद्यमशिलता बिकासका लागि प्रयोग गर्न सकिन्छ भन्ने बरेमा आफ्नो धारण राख्नुभएको थियो ।
    त्यस्तै सम्मेलनमा विभिन्न विषयहरू आधारीत वर्कशप भएको थियो ।
    जसमा आइडियाप्रेन्युवर नेपालका संस्थापक संजोग कोइरालाले कन्टेन्ट क्रिएसन र द कम्युनिकेशन एल्केमी गिल्डकी संस्थापक मानसी अग्रवाल ले बाण्ड कसरी बनाउन सकिन्छ भन्ने विषयमा वर्कशप गर्नुभएको थियो ।
    साथै सम्मेलनमा अर्को सेसन सेमिनार कार्यक्रम रहेको थियो । यो सेसनमा टेन्जीबल टपिकका सीईओआलोक खत्रीले एआई युगमा क्षमता कसरी विकास गर्ने विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो ।
    त्यसै सम्मेलनको अर्को महत्वपूर्ण कार्यक्रम प्यानल डिस्कसन रहनेछ। पोस्ट एआई युगमा डिजिटल नेतृत्व भन्ने विषयमा एक प्यानल डिस्कसन गरिएको थियो ।
    प्यानल डिस्कसनमा किङ्स कलेज नेपालका सहायक प्राध्यापक कृष्ण खनाल, काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बा, आरबाइट सोलुसनस्का निर्देशक अविनाश कुण्डलिया, मार्केटिङ कन्सल्ट्यान्ट र पर्सनल ब्रान्डिङ् कोच रिया श्रेष्ठ र टीमक्वेस्ट प्रालिकी जीड्डएम, तृप्ति गिरी रहेका थिए ।
    प्यानल डिस्कसनको मोडरेटरको भूमिकामा ड्राबिड सुवेदीले गर्रका थिए ।
    कार्यक्रमा संचालन मिस नेपाल २०१० सदिच्छा श्रेष्ठ गर्नुभएको थियो । उद्यमी सम्मेलन २०२६बाट विशेषगरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सञ्जाल विस्तार, नयाँ आउना लागेका नवोदित उद्यमीहरुको बीचमा प्रेरणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतीका विषयमा छुट्टाछुट्टै छलफल गरी गएिको कार्यक्रम संयोवम प्रतिक कसजुले बताउनुभयो ।सम्मेलनमा देशभरबाट युवा उद्यमि विद्यार्थीहरु गरी करिब ५ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
    साथै, सम्मेलनस्थलमा १२ वटा स्टलहरू रहनेछन्, जसमा मेड इन नेपाल, ए।आईरटेक, डिजिटल मीडिया तथा रोजगार सम्बन्धी स्टलहरू समावेश गरिएका थिए । यी स्टलहरू तथा सम्मेलनले सहभागीहरूलाई आपसी नेटवर्किङ, रोजगारीका अवसरहरू, सहकार्य र व्यावसायिक सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण प्लेटफर्म रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation