बुटवल ,८ माघ ।नेपाली युवा उद्यमी मंच रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौं पटक युवा उद्यमी सम्मेलन आयोजना गइरहेको गइरहेको छ । सम्मेलन यही माघ १० गते बुटवल उपमहानगरपालिकाको सुखखानगरमा रहेको हायत प्लेसमा आयोजना हुनेछ। युवा उद्यमी सम्मेलनमा देशभरबाट युवा उद्यमीहरु सहभागी हुने छन् ।
युवा उद्यमशीलता विकास गर्न, नयाँ उद्यमीहरुको खोजी तथा मुलुक भित्र पर्याप्त अवसर, सम्भावनाको खोजी गरी आम युवाहरुलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित हुनेछ। उद्यमशीलताका विभिन्न विषयमा युवाहरूसँग सम्बन्धित सरोकारवाला निकाय, उद्यमशीलता प्रोत्साहन र निर्माणमा लागेका अभियानहरुलाई समेट्दै यो सम्मेलनले युवा उद्यमशीलतालाई अझै प्रवर्द्धन, विकास र विस्तार बनाउनेमा हामी आर्दश श्रेष्ठले बताउनुभयाे ।
स्वदेशमै युवा उद्यमशीलता जागरण पैदा गर्नेका लागि राजधानी बाहिर मोफसलमा पाँचौं पटक सम्मेलन हुन थालेको हो। सम्मेलनमा विभिन्न सफल उद्यमीले आफ्ना प्रस्तुतीहरु दिनुहुनेछ। सम्मेलनमा देशभरबाट युवा उद्यमी तथा विद्यार्थीहरु गरी करिब ५ सय भन्दा बढीको सहभागिता हुनेछ। साथै, सम्मेलनस्थलमा १२ वटा स्टलहरू रहनेछन्, जसमा मेड इन नेपाल, ए.आई/टेक, डिजिटल मीडिया तथा रोजगार सम्बन्धी स्टलहरू समावेश हुनेछन् । यी स्टलहरू तथा सम्मेलनले सहभागीहरूलाई आपसी नेटवर्किङ, रोजगारीका अवसरहरू, सहकार्य र व्यावसायिक सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गर्नेछन् ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे आउनुहुनेछ । कीनोट स्पिकरको रुपमा Xuno का संस्थापक बालकृष्ण जोशीले उद्यमशीलता सम्बन्धी आफ्नो विशेष प्रस्तुती दिनुहुनेछ ।
त्यस्तै सम्मेलनमा विभिन्न विषयहरू आधारीत वर्कशप सञ्चालन गर्ने कार्यक्रम रहेको छ। यो सत्रमा आइडियाप्रेन्युवर नेपालका संस्थापक संजोग कोइरालाले कन्टेन्ट क्रिएसन र द कम्युनिकेशन एल्केमी गिल्डकी संस्थापक रहने सयोजक प्रतीक कसजुले बताउनुभयो ।साथै सम्मेलनमा अर्को महत्वपूर्ण सेसन सेमिनार कार्यक्रम रहेको छ। यो सेसनमा टेन्जीबल टपिकका सी.ई.ओ. आलोक खत्रीले ए. आई युगमा क्षमता कसरी विकास गर्ने विषयमा आफ्नो प्रस्तुती दिनुहुनेछ ।
त्यसै सम्मेलनको अर्को महत्वपूर्ण कार्यक्रम प्यानल डिस्कसन रहनेछ। पोस्ट ए. आई युगमा डिजिटल नेतृत्व भन्ने विषयमा एक प्यानल डिस्कसन हुनेछ । प्यानल डिस्कसनमा किङ्स कलेज नेपालका सहायक प्राध्यापक कृष्ण खनाल, काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बा, आरबाइट सोलुसनस्का निर्देशक अविनाश कुण्डलिया, मार्केटिङ कन्सल्ट्यान्ट र पर्सनल ब्रान्डिङ् कोच रिया श्रेष्ठ र टीमक्वेस्ट प्रालिकी जी. एम, तृप्ति गिरी रहनुहुनेछ । प्यानल डिस्कसनको मोडरेटरको भूमिकामा ड्राबिड सुवेदी रहनुहुनेछ। मिस नेपाल २०१० सदिच्छा श्रेष्ठ सम्मेलनको कार्यक्रम उद्घोषकको भूमिकामा रहनुहुनेछ ।
युवा उद्यमी सम्मेलन २०२६बाट विशेषगरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सञ्जाल विस्तार, नयाँ आउना लागेका नवोदित उद्यमीहरुको बीचमा प्रेरणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतीका विषयमा छुट्टाछुट्टै छलफल गरी निष्कर्षमा एक घोषणापत्र जारी गरी सम्मेलन सम्पन्न हुन छ ।












