अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित

  • बागलुङ,२७, पुस । ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो बढी पानी जम्न थाल्दा पनि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी मारमा परेका छन् ।चिसो बढेपछि स्थानीय बासिन्दा बँेसी झर्न थालेसँगै केही विद्यालयले तलतिरै पठनपाठन सुरु गरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालयले साबिककै स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थी मारमा परेका हुन् ।
    ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अत्यधिक चिसोका कारण बिरामी भई पठनपाठन प्रभावित भएको छ ।ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैका अनुसार बिहान बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पठनपाठन प्रभावित बनेको छ । चिसोका कारण हिजोआज स्थानीय धारा र खोलाको पानी जमेको छ । गत वर्ष पुस पहिलो साता माघ अन्तिमसम्म विद्यालय बिदा हुने गरेकामा यस वर्ष पालिकाको क्यालेन्डरअनुसार चल्दा समस्या सिर्जना भएको हो ।चिसोका कारण हातखुट्टा कठ्याङ्ग्रिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताइन् । एसइई पनि नजिदै गरेको भन्दै जाडोले गर्दा विद्यालय जान आउनसमेत गाह्रो हुने गरेको उनको भनाइ छ ।
    जाडोका कारण पुस महिना लागेपछि दुई÷तीनपटक बिरामी परेको विकले सुनाइन् । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको आफ्नो विद्यालयमा अहिले १६८ विद्यार्थी रहेको प्रधानाध्यापक अदैले जानकारी दिए।
    यसैबीच ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटाले विद्यालयहरूसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation