लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा खाद्यान्न वितरण

  • तिलोत्तमा,२४ पुस । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्स’ सप्ताहमा लायन्स क्लबहरु ले अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेका छन । लायन्स क्लवका जन्मदाता १४७औँ ‘मेल्भिन जोन्स’को स्मरणमा हङ्गर रिलीफ अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित रामचन्द्र मैनादेवि अनाथ आश्रमा खाद्यान्न वितरण गरेको हो ।
    साता ब्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ बुटवल चन्द्रकोट ,लायन्स क्लब अफ बुटवल सनसाइन,लायन्स क्लब अफ बुटवल चौतारी,लायन्स क्लब अफ बुटवल युथ,लायन्स क्लब अफ बुटवल देविनगर,लायन्स क्लब अफ बुटवल तिनाउ,लायन्स क्लब अफ बुटवल युनिटी को संयुक्त आयोजनामा खाधान्न वितरण गरिएका हो । लायन्स चन्द्रकोटका अध्यक्ष ओम प्रकास पेमी मगरले आश्रमको माग अनुसार केही महिनाको लागी पुग्ने गरि चामल, नुन ,तेल, सोयाबोडि ,चाउचाउ,भुजा, मसला , चिउरा ,आटा, मैदा ,दाल लगाएतका खाद्यान्न सामग्रीहरु आश्रमा अध्यक्ष मैनादेवि भण्डारीलाइ हस्तारण गरिएको बताए । चन्द्रकोटका अध्यक्ष ओम प्रकास पेमी मगरले मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा साता ब्यापी केही स्थानमा रहेका विपन्न वर्गहरुलाई खाद्यान्न सामग्री उपलब्ध गराउने बताए ।
    कार्यक्रमा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि का जिएटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले आफूहरुले दया र निहागको रुपमा नभई सद्भाव र उपहारका रुपमा खाद्यान्न सामग्री वितरण गरेको बताए । कार्यक्रमा डिष्ट्रिक्ट पदाधिकारी बिभिन्न क्लबका अध्यक्ष र सदस्यहरुको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation