लायन्स बुटवल स्टार्स द्धारा मेल्भिन जोन्स डे अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

  • मानपकडि ,२४ पुस । लायन्स क्लब अफ बुटवल स्टार्सले लायन्स क्लब्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको स्मृतिमा १४७औँ मेल्भिन जोन्स डे अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । लायन्सको सप्ताह अन्तर्गत निःशुल्क एक हप्ते मधुमेह तथा मिर्गौला परीक्षण बुधबार भव्य रूपमा उद्घाटन गरेहको छ। कार्यक्रमको पहिलो दिनमै १४५ जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएकोअध्यक्ष राजन जिसिले बताए ।
    कार्यक्रमा प्रमुख अतिथि सुद्धोधन गाउँपालिका वडा नं. ३ का अध्यक्ष श्री हेम बहादुर खड्काले वडामा उपलब्ध गराएको निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनले वडाबासीलाई अनुरोध पनि गरेका छन् । बेलैमा रोकथाम गर्न सके पछि जटिल रोग लाग्दैन । स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण रहेको बताए । त्यतै कार्यक्रमा लायन्स विशेष अतिथिका रूपमा डिस्ट्रिक जिएटि कोडिनेटर अशिष कृष्ण श्रेष्ठ,एरिया चिफ कृष्ण प्रसाद पाण्डे र एरिया सचिव अन्जिल खान, स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरू गरिमामय उपस्थिति रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation