काठमाडौं,२१ पुस । दैलेख जिल्ला भैरवि गाउँपालिका वार्ड न ३ निवासी लामो समय देखि कलेजोको समस्या बाट ग्रसित ४९ बर्षिय बालकुमारि मियाँ हाल काठमान्डू स्थित बिर अस्पतालमा उपचारार्थ हुनुहुन्छ उहाँको उपचार र खाना खर्च जुटाउन कठिन भएको भनि उनका १२ बर्षिय छोरा अकबरमियाँले विभिन्न सोशल मिडिया मार्फत खर्च अभावमा लामो समयसम्म दर्दनाक अवस्थामा रहेकोले बताए थिए । उपचार गराइरहेकी बालकुमारि मियाँ को पारिवारिक अवस्था नाजुक छ । लायन्स स्टार्सक जहाँ दुख्छ त्यहाँ पुग्छ भन्ने नारालाइ आत्मसात गर्दै बालकुमारि मियाँ बचाउ अभियान’ अन्र्तगत आइतबार बिर अस्पतालमै नगद १५ हजार रुपैयाँ बिरामीलाई क्लबका संस्थापक अध्यक्ष संन्दिप कसौधनले हस्तान्तरण गरेको अध्यक्ष राजन जिसिले बताए ।उनको घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या नहोस् भनेर सहयोग गरेको संयोजक अन्जील खानले बाताए ।












