वीरगञ्ज,२१ पुस। पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।












