बुटवल, १८ पुस । बुटवल उपमहानरपालिका आर्दशनगरमा रहेको शिशुज्ञान कुञ्ज मेन्टेश्वरी स्कुलले स साना बाल बच्चाले तिहार महोत्सवमा फुड फेस्टिवल बाट जम्मा गरेको रकम एक विशेष कार्यक्रमकाबीच मानव सेवा आश्रमलाई सहयोग गरेको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले तिहारको तिहार महोत्सव जम्मा गरेको रकम बाट बचेको पैसा मानव सेवा आश्रम बुटवल शाखा लाई प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रिता शर्माले जानकारी दिनुभयो । स्कुलको सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताउनुभयो। साथै, यस्ता निःश्वार्थ भावनाले मनैछुने तथा परोपकारी कार्य गर्ने संघ संस्थाहरुसँग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्दता व्यक्त गनुभयोे। सहयोग रकम बाट आश्रममा आश्रीतहरुको लागि खाना खुवाउने कार्यमा खर्च गरिने छ । कार्यक्रममा आश्रमका पदाधीकारी ,कर्मचारी सहित मन्टेश्वरीका शिक्षक, विद्यार्थीहरुकोसमेत रहभागीतारहेको थियो ।













