काठमाडौ,१६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनका क्रममा भएका घुसपैठ, तोडफोड र निजी सम्पत्ति माथिका आक्रमणले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन्। महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा निजी क्षेत्रको सुरक्षा, सम्मान र काम गर्ने वातावरणबारे गम्भीर प्रश्न उठाइएको छ। उनले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न दोषीमाथि कारबाही आवश्यक रहेको बताए। निजी क्षेत्र सुरक्षित र सम्मानित भई काम गर्न सकेन भने विकासको अभियान सफल हुँदैन,ु उनले भने। सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति कार्यान्वयनको माग गरेका छन । अध्यक्ष ढकालले नीतिगत सहजता र सम्पत्तिको सुरक्षा बिना लगानी आउँदैन, लगानी बिना रोजगारी सम्भव हुँदैन उनले भने। युवा पलायनको मूल कारण पनि यही असुरक्षित र झन्झटिलो वातावरण भएको उनले बताए।












