बुटवल-नारायणगढ दाउन्ने क्षेत्रमा अत्यावश्यक बाहेक सवारीलाई विकल्प मार्ग प्रयोग गर्ने आग्रह

  • बर्दघाट १५ पुस । तिन दिन यता निरन्तर तराइमा शीतलहरका कारण निर्माणाधीन बुटवल(नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक योजना ले मंगलबार सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह गरेको हो ।
    आयोजनाका अनुसार पछिल्लो तीन दिनदेखि नै दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ । सडक चिप्लो हुँदा साना तथा ठूला सवारीसाधन चिप्लिने, अड्किने र बिग्रिने समस्या भइरहेको आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा आवश्यक मर्मत सम्भार समेत भइरहेको भन्दै आयोजनाले अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । सवारी सञ्चालन गर्दा लेनमा रही ट्राफिक नियम पूर्ण पालना गर्न समेत भनिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation