चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन सम्पन्न

  • बुटवल, १२ पुस । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिगलमा लाफाको अरबिन श्रीपालीले उपाधि चुमेका छन । आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा भएको प्रतियोगिताको फाईनलमा दाङका हिमान्सु मगरलाई २१–१८, २३–२१ को सोझो सेटमा पराजित गर्दैै श्रीपालीले उपाधि हात पारेका हुन । उपाधिसंगै श्रीपालीले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा दाङका हिमान्सु मगर उपविजेता बन्दै ८ हजार नगदसहित कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भए । तृतिय लाफाका बिनोद पौडेल र मधवलिया ब्याडमिन्टन क्लबका बिबेक क्षेत्री ५ हजार रुपैया कपबाट पुरस्कृत भए ।
    यसैगरि मेन्स डबल्सको उपाधि लाफाका नारायण पौडेल र प्रसाद गुरुङको जोडी चुमेका छन । फाईनलमा मधवलियाका नरसिह बुढा र युवराज पुनको जोडीलाई २१–१८, २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । उपाधिसंगै जोडीले नगद ३५ हजार तथा उपविजेता बुढा र पुनको जोडी भने नगद २० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । प्रतियोगितामा मधवलियाका विबेक क्षेत्री र राजेन्द्र मल्ल ठकुरी तथा रबिन केसी र सन्जिब खत्री तेस्रो हुदै नगद १५ हजार रूपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् ।

    यसैगरि भेट्रान्स (४५ वर्ष माथि) भने लाफाका पुरन गाहा र कृष्ण रानाको जोडी विजयी भएका छन । लाफाका पुरन गाहा र कृष्ण रानाको जोडीले बिबिसिका गोपाल टण्डन र दिलिप गौचनको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गर्दैै उपाधि हात पारेको हो । उपाधिसंगै २२ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता बिबिसिका गोपाल टण्डन र दिलिप गौचनको जोडी भने १५ हजारबाट पुरस्कृत भए । प्रतियोगितामा गुल्मीका चित्र थापा र हिमाल थापा तथा कपिलबस्तुका रितेस थापा र संजय गुरुङको जोडी तेस्रो हुदै नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

    यसैगरि ५५ प्लस सुपर भेटान्सतर्फ बिबिसिका गोपाल टण्डन र नवराज श्रेष्ठको जोडीले उपाधि चुमेको छ । फाईनलमा लुम्बिनी स्र्पोटसका बलराम पन्थी र राजेन्द्र गुरुङको जोडीलाई २१–१० र २१–५ को सोझो सेटमा पराजित गर्दै टण्डन र श्रेष्ठको जोडीले उपाधि चुमेको हो । उपाधिसंगै जोडीले नगद १५ हजारबाट पुरस्कृत भए । लुम्बिनी स्र्पोटसका बलराम पन्थी र राजेन्द्र गुरुङको जोडी द्धितिय हुदै नगद ८ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा लाफाका राजु गुृरुङ र दुर्गा बहादुर गुरुङ तथा लुम्बिनी स्र्पोटसका खगेन्द्र रेगामी र निर बहादुर रानाको जोडी तृतिय हुदै नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation