तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जान तयार प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

  • काठमाडौँ,१२ पुस । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जान तयार रहेको सामूहिक सन्देश दिएका छन् । तर उनीहरूले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने सर्त सरकारसमक्ष राखेका छन् ।
    प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    बैठकपछि नेपाली काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । काँग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।”नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेका थिए

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation