चौथो आशिष कप ब्याडमिन्टन शुरु

  • बुटवल, १० पुस । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा भएको प्रतियोगिताको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्दै खेल विकासमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । सबै उमेरका खेलाडीहरुलाई खेल जरुरी रहने भन्दै स्वस्थ्य जिवनशैलीको आधार खेलकुद भएको बताए ।
    कार्यक्रममा नगरपालिका खेलकुद विकास समितिका तिलोत्तमाका संयोजक लोक पुन, पन्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठ, इगनास इन्टरप्राइजेजका प्रोप्राइटर राजु बास्तोला, आशिष प्रतिष्ठानका अभिभावक मिना श्रेष्ठ, आशिष प्रतिस्ठानका म्यानेजिङ डाइरेक्टर आशिषकृष्ण श्रेष्ठ, आशिष क्लोथका संचालक सुनिरा श्रेष्ठले सबै क्षेत्रको सहकार्यबाट नै खेलकुद गतिविधि अघि बढ्न सक्ने बताए ।
    यसैबिच तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा भएको उद्घाटन भेट्रान्स खेलमा हेमन्त थापा र भवानी चौधरीको जोडी विजयी भएका छन ।

    प्रतियोगिता मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) र सुपर भेट्रान्स (५५ वर्षमाथि) गरि ४ ईभेन्टमा संचालन हुने आशिष स्पोट्र्सका म्यानेजिङ डाइरेक्टर श्री आयुस कृष्ण श्रेष्ठले बताए । युवादेखी भेट्रान्स उमेर समुहलाई समेटेर प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगितामा मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वितिय टिमले २० हजार र तृतीय टिमले १५ हजार रूपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् । भेट्रान्स (४५ वर्ष माथि) प्रथम टिमले २२ हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्र एवं सुपर भेट्रान्स (५५ वर्ष माथि) को विजेताले नगद १५ हजार, द्धितियले ८ हजार र तृतियले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको पाँच जना उदयमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने एम्पायर अर्जुन कार्कीले बताए । यसैगरि सिगलमा १ हजार पाच सय, डबल्समा दुई हजार पाच सय, भेटान्समा २ हजार २ सय ५० र सुपर भेट्रान्समा २ हजार रुपैया दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगिताको प्रत्येक सहभागी खेलाडीहरुलाई टिसर्ट र मायाको चिनो तथा अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको छ । पुस ११, ११ र १२ गते तीन दिने प्रतियोगिता हुने प्रतियोगितामा १५० बढी टिमहरु सहभागी रहेका आशिष स्पोट्र्सका म्यानेजिङ डाइरेक्टर श्री आयुस कृष्ण श्रेष्ठले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation