भैरहवा,७ पुस । नेपालभरका जिल्ला अदालतहरुमा कार्यरत न्यायाधिशहरुमध्ये कार्यसम्पादन मुल्यांकनमा रुपन्देही जिल्ला अदालतका न्यायाधिश उत्कृष्ट भई न्याय परिषदबाट सम्मानित भएका छन् । देरभरका ७७ वटा जिल्लाका २७० न्यायधिशहरुमध्ये रुपन्देही जिल्लाका १०जना न्यायधिशहरु उत्कृष्ट हुुुुुुुुुुुुुुुुुुुन सफल भएका छन् ।
न्याय परिषदको मुल्याकनमा यसबष रुपन्देहीका जिल्ला न्यायधिश अशोक कुमार बस्नेत पहिलो नम्बरमा आएका छन् ।
नेपाल बार एशोसीएसनको ७० औं बार स्थापना दिवसको अवसरमा सोमबार रुपन्देही जिल्ला बार एशोसियशनले बार स्थापना दिवस कानुन चर्चा २०८२ पुस्तक विमोचन तथा रुपन्देहीमा आगन्तुक नयाँ न्यायाधिशहरुको स्वागत तथा सम्मान बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
उच्च अदालत तल्सीपर बटवल ईजलासका मख्य न्यायधिश बासदेव आचार्यले रुपन्देही जिल्लाका न्यायधिशहरु काम गरेरै उत्कृट भएको प्रसंशा गर्नभयो । उहाले भन्नभयो काम गर्दा जस अपजस सबैं थेग्नपर्छ । मैले र नारायण सापकोटा श्रीमानले गरेको एक आदेश फैसलालाई सामाजिक सञ्जालहरुमा उचालेर एकलाख भन्दा बढी भियोर देखिएको र मेरो एवं नारायण श्रीमानको फोटो राखेर च्क्ष्ए कमेन्ट समेत गरेको दुखेसो पोख्नुुुुुुुुुुुुुुुुुभयो ।
सहकारी संस्थाको रकम अपचलन तथा संगठीत अपराधमा मुछिएका राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लाई पुर्पक्षको लागि थुनामा राख्ने र धरौटीमा छोड्ने न्यायाधिशको आदेशहरु सामाजिक सञ्जालहरुमा वढ्ता भाईरल भईरहेका थिए । मुख्य न्यायाधिश आचार्यले नेता रवि संग अभियोगमा माग बमोजिमको झण्डै तिन करोड रुपैया बराबरको विगो मुल्यको बैक जमानत धरौटी लिई छोड्ने आदेस दिएपछि चर्चामा आएका छन् ।
रुपन्देही जिल्ला अदालत बार एशोसीएसनको बार्षिक मुखपत्र कानुनी चर्चा स्मारीका २०८२को विमोचन समारोहका प्रमुख अतिथि समेत रहेका न्यायधिश आचार्यल न्याय दिने पेशामा लागेका कानुन व्यवसायी एवं न्यायधिश चुक्न नहुने कुरामा जोडदिदै उनले भने । ‘स्वच्छ मर्यादित र समानजनक न्यायमा भरोसाको कमी हुुुुुुुुुुुुुुन नदिन भदौं २३,२४ को जीएनजी आन्दोलनले पाठ सिकाएको छ । अब अदालतमा किन आगो लाग्यो भनेर खोजि अनसुन्धान हुनपछ उनले भने । वि.सं २०२४ सालमा स्थापना भएको एतिहास जिल्ला अदालत रुपन्देही बारले विभिन्न आरोह अवोरह पार गर्दै स्वर्ण महोत्सव समेत मनाइसकेको छ
रुपन्देही बारका अध्यक्ष लय भटराइको अध्यक्षतामा सम्पन्न कायक्रममा बरिष्ट अधिवक्ता शिवप्रसाद गौडेल, नवआगन्तक न्यायधिश रमेशकान्त अधिकारी, बारका उपाध्यक्ष मनोज चौधरीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव केशव सिंहले गर्नुभएको थियोे ।












