बुटवल, ५ पुस । विद्यालयको ६५ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत आज पौस ५ गते शनिबार विद्यालयका शिक्षकहरु, प्रतिनिधि विद्यार्थीहरु र समुदायका समाजसेवि, टोल समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागितामा विद्यालय समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम विद्यालयको दुबै सेक्टरमा भएको छ । सेक्टर २ मा भएको कार्यक्रममा बुटवल उ म न पा वार्ड न १० का जनप्रतिनिधि एवम् वि व्य स सदस्य श्री यमुना काउचा, वि व्य स सदस्य शान्ता गौतम, समाजसेवि टंक कुमार खडका, दिलिप सुनार, विद्यालयका स प्र अ विष्णुहरि ज्ञवाली लगायत शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयसँग प्रत्यक्ष रुपमा जोडीएको रामनगर परिसर र विद्यालय परिसर सरसफाई गरिएको कुरा विद्यालयका इन्चार्ज कृष्ण गौतमले जानकारी दिनुभयो ।












