काठमाडौँ,५ पुष। पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनल खेलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै भारतीय क्लब इस्ट बंगालले पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनल खेलमा इस्ट बंगालले एपीएफलाई ३(० गोल अन्तरले पराजित गरेको हो।
खेलको २२औँ मिनेटमा इकवापुटको गोलमार्फत इस्ट बंगालले अग्रता लिएको थियो । ३५औँ मिनेटमा हिमामले टोलीको अग्रता दोब्बर बनाइन् ।
दोस्रो हाफको सुरुवातमै इकवापुटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा पाँच टोलीको सहभागिता थियो ।च्याम्पियन इस्ट बंगालले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दा उपविजेता एपीएफले ५ हजार डलर पाएको छ ।












