मन्दिरा गलामी सिगीङ्ग आईड्ल बनिन् गौतम, कवितामा न्यु होराईजनका कार्की विजयी

  • बुटवल,४ पुस । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्दिरा गलामी सिंगिङ्ग आईडल २०८२ को उपाधी सम्पदा गौतमले जितेकी छिन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विचमा भएको प्रतिस्पर्धामा द्धितिय स्थान विवेक खराल, तृत्य श्रीसा पहराई मगर भएकी छिन् ।
    यस्तै शेरबहादुर गुरु ङ्ग जिल्ला स्तरिय कविता प्रतियोगीतामा न्यु होराईजनका विशेषङ्ग कार्कीले प्रथम स्थान प्रप्त गरेका छन् । द्धितिय स्थान एभरेष्ट माविका संगम रायमाझी भएका हुन । भने तृत्य स्थान कालिका मानवज्ञान माविका विवेश खराल भएका छन् । सान्वना स्थान इड्न स्कुलकी निशा अर्याल भएकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षताम भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा बुटवल कालिका क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम बहादुर गलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा पुर्व प्रधानाध्यावपक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक,नारायण गुरुङ्ग अक्षयकोषका संरक्षक गिरी प्रसाद गलामी लगायतको आतिथ्यता रहेको थियो ।
    कविता प्रतियोगीताको मुख्य निर्यायकमा उप प्रध्यापक ऋषिराम भुषाल, डा. घनश्याम न्यौपाने रहेका थिए भने सिंगीङ्ग आईड्लका निर्णयकमा भने तेजु अर्याल, दिपक श्रेष्ठ रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation