रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

  • काठमाडौँ,३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन्।
    बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।लामिछानेले बिगोको हकमा दामासाहीले हुने रकम सुनिश्चितता गर्ने भन्दै बैंक जमानत सहित उच्च अदालतमा निवेदन दिएका थिए । सो जमान उच्च अदालतले शर्त सहित स्विकार्न आदेश गरेको छ ।
    निवेदन साथ पेस गरेको बैक जमानत २ करोड ७४ लाख ८४ हजार रकम प्रमाणीकरण गरेर सनाखत गरिने तहसिलदार पौडेलले बताए । उनले भने, ‘उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखत गर्छौँ ।कारागार व्यवस्थापन विभागका महानिर्देशक लीला प्रसाद शर्माले अदालतको आदेश अनुसारको प्रक्रिया पुरा भएपछि उहाँलाई थुनामुक्त गरिने बताए । उनले भने, ‘हामीकहाँ अदालतबाट पत्र आएपछि रिहा गर्छौँ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation