नेपाली सेनाका उपरथीको सरुवा, ३ पृतनापति फेरिए

  • काठमाडौँ,२ पुष । नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो।
    पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा गरिएको छ भने पश्चिम पृतना पोखरामा जंगी अड्डामा निरीक्षणाधिकृत कार्यरत भोलानाथ थापालाई सरुवा गरिएको छ।
    त्यस्तै, मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठक प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा भएका छन्।
    पाठकको सरुवासँगै अब पृतनाको जिम्मेवारी विष्णुकुमार खड्काले पाएका छन्। मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनको पनि सरुवा भएको छ। पुनलाई जंगी अड्डा सरुवा गर्दै स्टाफ कलेज शिवपुरी कार्यरत हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनामा खटाइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation