नेपाल अभिनाश अनाथ आश्रममा ‘प्रोजेक्ट मुस्कान’ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

  • रुपन्देही,२ पुस ।रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको आयोजनामा नेपाल अभिनाश अनाथ आश्रममा ‘प्रोजेक्ट मुस्कान’ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। अनाथ बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा देवदह मेडिकल कलेजको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको थियो।
    स्वास्थ्य शिविरका प्रमुख अतिथिका रूपमा चर्चित छाला रोग विशेषज्ञ डा. विक्रम ज्ञवालीज्यूको गरिमामय उपस्थिति रहेको थियो। साथै, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रोटेरियन पूर्ण ज्ञवालीज्यू कार्यक्रमका विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
    कार्यक्रममा डा. अभिष्कार पराजुलीज्यू, डा. दिपिम गौतमज्यू, देवदह मेडिकल कलेजको चिकित्सक टोली तथा कलेजका प्रतिनिधिहरू सरस्वती देवकोटाज्यू र हिरालाल धमिज्यूको पनि उपस्थिति रहेको थियो।
    कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट विजय अधिकारीज्यू, अध्यक्ष, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीले गर्नुभएको थियो भने कार्यक्रम संयोजकको भूमिका रोट्रयाक्ट उकेश ज्ञवालीज्यूले निर्वाह गर्नुभएको थियो। रोट्रयाक्ट सदस्यहरू, चिकित्सक टोली तथा स्वयंसेवकहरूको संयुक्त प्रयासबाट स्वास्थ्य शिविर प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो।
    प्रमुख अतिथि डा. विक्रम ज्ञवालीज्यूले आफ्नो मन्तव्यका क्रममा अनाथ आश्रममा रहेका बालबालिकाका जलन (Burn) का दागहरूको उपचारका लागि विशेष सहुलियत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै आवश्यक परेमा भविष्यमा पनि चिकित्सकीय सेवा उपलब्ध गराउने वाचा गर्नुभएको थियो। उहाँको यस प्रतिबद्धतालाई कार्यक्रममा उपस्थित सबैले अत्यन्तै सकारात्मक रूपमा स्वागत गरेका थिए।
    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीले यस कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने देवदह मेडिकल कलेज, चिकित्सकज्यूहरू, अतिथिज्यूहरू, स्वयंसेवकहरू तथा सहयोगी सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation